काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । केही दिनदेखि बिरामी परेका उनी झापाको बि एण्ड सी अस्पतालको आइसियूमा उपचाररत थिए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता लिङ्देनलाई थप उपचारका लागि काठमाण्डु ल्याउने तयारी भएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डु ल्याउने तयारी भएको हो ।
उनलाई निमोनिया देखिएको छ । नेता लिङ्देनमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको अस्पतालले जनाएको छ । उनको स्वाव संकलन गरिएको छ ।
उनका स्वकीय सचिव छत्र कडायतकाअनुसार सांसद लिङ्देनलाई मेडिसिटी अस्पतालमा उपचार गरिनेछ । उनी झापामा राजतन्त्रको पक्षमा आन्दोलन गर्न गएका थिए ।




प्रतिक्रिया