काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका अधिकांश क्षेत्रमा आंशिक बदली हुने जनाएकाे छ ।
अहिले प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिकबदली रहेको छ। दिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ।




प्रतिक्रिया