नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक पुस १ गते

नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक पुस १ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको छ । नेकपा नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठक केही मिनेट बसेर स्थगित भएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजे बस्ने बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । ‘नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा सानो उमेरदेखि नै निरन्तर संघर्षरत लामाको योगदानलाई स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्यो र शोक सन्तप्त परिवारजनमा समावेदन व्यक्त गर्यो’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।