संवैधानिक परिषद्को बैठक मंगलबारका लागि बोलाइयो

संवैधानिक परिषद्को बैठक मंगलबारका लागि बोलाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक परिषद्को अर्को बैठक मंसिर ३० गतेका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको बैठकमा दुई जना सदस्य अनुपस्थित भएपछि अर्को बैठक मंगलबारका लागि बोलाइएको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएका थिए भने प्रधानन्यायाशीध चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना उपस्थित थिए ।

सभापति देउवा कांग्रेसले गर्ने देशव्यापी आन्दोलनको तयारीमा रहेकाले बैठकमा सहभागी भएनन् भने सभामुख सापकोटा पूर्वनिर्धारित कार्यक्रम अनुसार अन्य बैठकमा व्यस्त भएका हुन् ।

६ सदस्यीय संवैधानिक परिषदमा अध्यक्षसहित ५ जना सदस्यको उपस्थिति हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संवैधानिक परिषद्मा लामो समयदेखि ४५ जना सदस्यहरुको पद रिक्त रहेको छ ।