काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १५०० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ३५ हजार ७ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ रहेको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ९८ जना पुगेका छन् ।




प्रतिक्रिया