काठमाण्डु – विशेष अदालतको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात डिल्लीबजार कारागार चलान भएका छन् । उनलाई आइतबार विशेष अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।
न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोप लागेका बस्न्यातलाई आइतबार अदालतले थुनामा राख्न आदेश दिएको हो ।
बस्न्यातविरुद्ध अख्तियारले जनही ९ करोड ६५ लाख ७६ हजार बराबरको बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बस्न्यात भौतिक योजना सचिव हुँदा बालुवाटारको जग्गा नामसारीमा महत्वपूर्ण भूमिका खेलेको आरोप लागेको छ ।
अख्तियारले २०७६ माघ २२ गते बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको थियो ।




प्रतिक्रिया