काठमाण्डु – वि.सं.२०७७ साल मंसिर २९ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । समयमा काम नसकिने हुदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेकोछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुदा मनग्गे धन कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनी ध्यान जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उद्योग तथा व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा एक अर्कालाई अविस्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्वन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुनेछ । कृषि तथा शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरी मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भुमि बाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ ।




प्रतिक्रिया