काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको रिटमा पेशी तोकिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले सभामुख सापकोटाविरुद्धको मुद्धा अगाडि बढाएको हो ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा उक्त मुद्दा परेको छ ।
सभामुख सापकोटाले गत आइतबार र मंगलबार बोलाइएको संवैधानिक परिषद्को बैठक बहिस्कार गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्डाबारे छलफल नगरेको भन्दै बैठकमा उपस्थित नहुने जानकारी दिएका थिए । त्यसपछि प्रधानमन्त्री संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका थिए ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।




प्रतिक्रिया