काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालको पश्चिमी तथा मध्य तराईका भू–भागका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।
देशका कुनै कुनै ठाउँमा बदली तथा बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ ।
दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । यसैगरी राति प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।




प्रतिक्रिया