काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै सांसदहरुले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको खुलासा भएको छ ।
९० जना सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव बिहान साढे १० बजे नै संसद् सचिवालयमा दर्ता भएको हो । प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्तावमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो ।
संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ ।
नेकपाका ९० सांसदले हस्ताक्षर गरेको प्रस्तावको पहिलो नम्बरमा अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् भने उनीपछि क्रमशः वरिष्ठ नेता झलना खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।
मन्त्रीहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, विना मगर, शक्तिबहादुर बस्नेत र रामेश्वर राय यादवले पनि प्रस्तावमा हस्ताक्षर गरेका छन् । यी सबै मन्त्रीले आइतबार नै पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिइसकेका छन् ।





प्रतिक्रिया