निर्वाचनको तयारीमा प्रधानमन्त्री ओली, निर्वाचन आयोगका प्रमुखसँग छलफल

निर्वाचनको तयारीमा प्रधानमन्त्री ओली, निर्वाचन आयोगका प्रमुखसँग छलफल


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबारे परामर्श सुरु गरेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले अपरान्ह बालुवाटारमा निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रमुख आयुक्त र आयोगका पदाधिकारीहरुसँग निर्वाचनका विषयमा छलफल भएको जानकारी दिए ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले २०७८ बैशाख १७ मा पहिलो चरण र २७ मा दोस्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेकी छन् ।