नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्ड पक्षका पांच नेता अनुपस्थित

नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्ड पक्षका पांच नेता अनुपस्थित


काठमाण्डु-  नेकपाको स्थायी कमिटी समितिको बैठक बालुवाटारमा सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली बिना बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री ओली पक्षधर नेताहरु समेत कोही पनि सहभागी नभएको स्रोतको दावी छ ।

यता गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल समेत बैठकमा सहभागी छैनन् । पुर्व माओवादीको तर्फबाट स्थायी समितिमा रहेका हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि बैठकमा सहभागी नभएको बताइन्छ ।

गृहमन्त्री बादल र उद्योगमन्त्री भट्टले आफ्नो कित्ता यसअघि नै क्लियर गरिसकेका छन् । यता गजुरेल, रायमाझी र थापा समेत सहभागी नभएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई झट्का लागेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरू मात्र सहभागी छन् ।