ओली-प्रचण्ड पक्षले आफु निकट सांसदहरुको बैठक बोलाए

ओली-प्रचण्ड पक्षले आफु निकट सांसदहरुको बैठक बोलाए


काठमाण्डु– नेकपाका दुवै पक्षले आफु निकटका सांसदहरुको बैठक बोलाएका छन् । नेकपाका विभाजनको संघारमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट सांसदहरुलाई बिहान नौ बजे बालुवाटारमा बोलाएका छन् ।
त्यसैगरी अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकट सांसदहरुलाई दिउंसो १ बजे संसद भवनको ल्होत्से हलमा बैठकका लागी बोलाइएको छ ।

हाल प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये १७३ सांसदहरु रहेका छन् । जसमा प्रचण्ड–नेपाल पक्षले करिब ९० सांसदहरु आफुहरुसंग रहेको दावी गर्दै आएका छन् भने दलमा आफ्नो बहुमत भएको ओली पक्षले समेत दावी गर्दै आएको छ । प्रचण्ड नेपाल समुहले संसदमा बुझाएको हस्ताक्षर अर्कै प्रयोजनको लागी भएको कतिपय सांसदहरुले बताएका छन्।

आजको बैठकमा सांसदहरुले आफ्नो कित्ता स्पष्ट समेत पार्नेछन् ।

दुवै पक्षले संसद विघटन गर्ने निणर्य र नयां जनादेशमा जाने सरकारको निर्णयबारे निकट सांसदहरुलाई ब्रिफिंग गर्ने कार्यक्रम रहेको बताइएको छ ।