काठमाण्डु – संसद् भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (आइतबार) दिउँसो संसद् विघटन गर्दै वैशाख १७ र २७ गतेलाई चुनावसमेत घोषणा गरेकी थिइन् ।
संसद विघटन गराइएपछि उत्पन्न देशको राजनीतिक परिस्थितिबारे छलफल गर्न सोमबार दिउँसो ४ बजे सानेपास्थित पार्टी कार्यालयमा सर्वदलीय बैठक राख्ने तयारी भइरहेको कांग्रेसका एक नेताले जानकारी दिए ।
यसअघिदेखि नै ओली सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको प्रमु प्रतिपक्षी दल कांग्रेसले संसद् विघटन गरिएको दिन पनि काठमाण्डुमा विरोध प्रदर्शन गरेको थियो ।




प्रतिक्रिया