काठमाण्डु -बिघटित प्रतिनिधिसभाका सदस्य छक्कवहादुर लामाले आफ्ना हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावमा दुरुपयोग भएको भन्दै आपत्ती जनाएका छन् । लामा प्रधानमन्त्री ओलीले बोलाएको भेलामा बालुवाटार पुगेका हुन् ।
हुम्लाबाट तत्कालीन माओवादीको बागी उम्मेदवार बनेर जितेका लामा सांसद निर्वाचित भएपछि नेकपामै फर्किएका थिए । लामाको अर्कै प्रयोजनमा पहिले नै गरेको हस्ताक्षरलाई संसद सचिवालयमा पेश गरिएको आरोप उनले लगाएका छन् ।




प्रतिक्रिया