काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरुको भेला सम्पन्न भएको छ ।
सोमबार बिहान बालुवाटारमा भएको भेलामा उद्योगमन्त्री एवं स्थायी कमिटी सदस्य लेखराज भट्टलगायतका नेताहरुले ब्रिफिङ गरेका थिए । छलफलका क्रममा मन्त्रीभट्टले संसद विघटन गरेर जनमतको अपमान भएकाले जनतासँग माफी माग्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘जनतासँग हामीले माफी मागौंला । हामीले किन संसद विघटन गर्यौं भन्ने कुरा जनतालाई स्पष्टिकरण दिउँला र फेरी हामी ताजा जनादेश लिएर आउनुपर्छ’, मन्त्री भट्टको भनाई उद्धृत गर्दै सांसद निरुदेवी पालले भनिन् ।
सांसद पालले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएका कारण संसद विघटनको अवस्थामा पुग्नुपरेको जानकारी दिइन् । उनकाअनुसार सरकारलाई ‘हलो अड्काएर गोरु चुट्ने’ काम गरिएको निष्कर्ष बैठकको थियो ।




प्रतिक्रिया