प्रधानमन्त्रीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले आज दिउँसो ३ बजे टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्न लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद भंग गरेकी थिइन् ।