काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको कमदविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट पेश भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन मिति घोषणाको विरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएको हो ।
सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालले दर्ताका लागि पेश भएको ८ वटा रिटमध्ये पाँच वटा रिट दर्ता भइसकेको र बाँकी तीन वटा पनि दर्ताका लागि प्रक्रियामा रहको बताए ।
उनका अनुसार अधिवक्ता लोकेन्द्र वली, पदम खत्रीलगायतले दिएका रिट दर्ता प्रकृयामा आएका छन् । अधिवक्ता वली लगायतले दिएका तीन वटा रिट हिजै सर्वोच्चमा पेश भएका थिए ।




प्रतिक्रिया