काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएको नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।
यसअघि आइतबार बसेको नेकपाको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बैठक बस्नेगरी निर्णय गरेको थियो ।




प्रतिक्रिया