काठमाण्डु – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य हरिबोल गजुरेलले आफु प्रचण्ड पक्षमा लागेको बताएका छन् । उनले आफु प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने बताएका छन् । गजुरेल मंगलवार प्रचण्डले बोलाएको केन्द्रिय समिति बैठकमा जाने तयारीमा छन् ।
सोमबार काठमाडौंमा भएपनि गजुरेल दुवै पक्षले बोलाएको बैठकमा सहभागी भएका थिएनन् । लामो समय प्रचण्ड निकट रहेका नेता गजुरेल पछिल्लो समय गृहमन्त्री रामबहादुर थापासंगै प्रधानमन्त्री ओलीसंग निकट थिए । उनिहरुले पार्टी विभाजनको पक्षमा नलाग्ने बताउंदै आएका थिए ।
पुर्व माओवादी पक्षका स्थायी समिति सदस्य लेखराज भट्ट यसअघि नै प्रधानमन्त्रीको पक्ष्ँमा खुलिसकेका छन् । मंगलवार स्थायी समिति सदस्यहरु टोपबहादुर रायामाझी र मणी थापा समेत बालुवाटार बैठकमा सहभागी भएका छन् ।




प्रतिक्रिया