हामी कसैलाई कारबाही गर्दैनौं, पार्टी विभाजन पनि हुँदैन: प्रधानमन्त्री ओली

हामी कसैलाई कारबाही गर्दैनौं, पार्टी विभाजन पनि हुँदैन: प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने घोषणा गरेका छन् ।

बालुवाटारमा जारी आफु निकट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने बताएका हुन् ।

‘हामी कसैलाई कारवाही पनि गर्दैनौं, पार्टी बिभाजन पनि गर्दैनौं,’ उनले भने, ‘महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेसनमा नै हो ।’

साथै उनले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका छन् । उनले गायक जीवन शर्माको गीत गुनगुनाउँदै भने, ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन…!’