नेकपाको प्रवक्ताबाट नारायणकाजी हटाइए, अबको प्रवक्ता प्रदिप ज्ञवाली

नेकपाको प्रवक्ताबाट नारायणकाजी हटाइए, अबको प्रवक्ता प्रदिप ज्ञवाली


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षीय केन्द्रिय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले पार्टीको प्रवक्ताबाट श्रेष्ठलाई हटाएर अबको नेकपाको प्रवक्ताको जिम्मेवारी प्रदिप ज्ञवालीलाई दिएको हो ।

नेकपा प्रवक्ता श्रेष्ठ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–नेता माधव नेपाल निकट हुन् ।

साथै अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरु थप गरेर शपथ ग्रहण गराएका छन् । उनले हिजो थप गरेको भनिएका सदस्यहरुलाई आजको बैठकमा बोलाएका थिए । ४४७ जना मौजुदा सदस्यमा ५५६ जना थप गर्ने निर्णय गरेका थिए ।

आज उपस्थित भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।