काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहले पुनर्गठन गरेको केन्द्रिय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली पक्षले एकलौटी ढंगले केन्द्रीय समिति पुनर्गठनको निर्णय गरेको थियो । केन्द्रीय कमिटीको पुनर्गठनसँग सम्बन्धित पत्र दर्ता भएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।




प्रतिक्रिया