काठमाण्डु– नेकपाका फुटको संघारमा रहेका बेला गृहमन्त्री रामबहादुर थापा र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेकपाको सचिवालय सदस्य रहेका थापा उपाध्यक्ष गौतमलाई भेट्न उनको निवास भैसेपाटी पुगेका छन् ।
गौतम र वादल दुवै जना अहिलेसम्म दुवै पक्षमा खुलेका छैनन् । बादल प्रधानमन्त्री केपी शर्मा ओलीसंग निकट रहेको चर्चा चलेपनि उनि अन्तिममा बालुवाटारमा भेलामा भने सहभागी भएनन् । नेकपाका उपाध्यक्ष गौतमलाई आफ्नो समुहमा आउन नेकपाका अध्यक्ष प्रचण्डसहितका नेताहरुले आग्रह गरेपनि उनले कुनै समुहमा नलाग्ने बताइसकेका छन् ।
गौतम र बादलबीच तेस्रो समूह बनाउने बारेमा छलफल भइरहेको निकट स्रोतको दावी छ । दुवै जना नेताबीच पछिल्लो समय निकटता बढिरहेको छ । बादलसंग ३२ जनाभन्दा बढी केन्द्रिय सदस्य छन् भने गौतमसंग पनि नेता कार्यकर्ताको संख्या ठुलै छ ।




प्रतिक्रिया