नेकपा सांसद: श्रीमती ओलीतिर, श्रीमान प्रचण्ड–नेपाल समूहतिर

नेकपा सांसद: श्रीमती ओलीतिर, श्रीमान प्रचण्ड–नेपाल समूहतिर


काठमाण्डु – नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक चलिरहँदा नेकपाका को नेता कता उपस्थित भएका छन् भन्ने चासो बढिरहेको छ । यसै सिलसिलामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद रघुवीर महासेठ र उनकी पत्नी फरक फरक समूहमा सहभागी भएका छन् ।

नेकपा नेता तथा प्रतिनिधिसभा सांसद रघुबीर महासेठ बबरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै आएका महासेठ मंगलबार प्रचण्ड नेपाल समूहको बैठकमा सहभागी भएका हुन् । महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा रहेका थिए । उनलाई प्रधानमन्त्रीले भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए । नेता महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन् ।