पछिल्लो २४ घण्टामा ७२२ संक्रमित थपिँदा ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७२२ संक्रमित थपिँदा ३ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४५ हजार ७ सय ९ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १८ लाख ८४ हजार १ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९८ जना पुगेका छन् ।