माधव नेपाललाई अध्यक्ष बनाउने निर्णयमा प्रभु शाहकाे विरोध

माधव नेपाललाई अध्यक्ष बनाउने निर्णयमा प्रभु शाहकाे विरोध


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी नेकपामा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड नेपाल समूहको प्रस्तावमा नेता प्रभु साहले विरोध जनाएका छन् ।

मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको बैठकले नेपाललाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेपछि साहले विरोध जनाएका थिए ।

प्रस्ताव पारित गर्ने बेलामा नेता शाहले पार्टीमा दुईजना नभइ एक जनामात्रै अध्यक्ष हुनुपर्ने धारणा राखेका थिए, तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए ।