प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दिउँसो ३ः३० बजे दर्ता भएको होः संसद सचिवालय

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दिउँसो ३ः३० बजे दर्ता भएको होः संसद सचिवालय


काठमाण्डु – संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको मत पुस ५ गते दिउँसो ३ः३० बजे दर्ता भएको प्रष्ट पारेको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव कति बजे दर्ता भएको थियो भन्ने विवादबारे संसद सचिवालयले तीन दिनपछि एक विज्ञ्प्ति जारी गर्दै प्रष्ट पारेको हो ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बिहान साढे १० बजे दर्ता भएको भनेर प्रचार गरेपनि भोलिपल्ट सो प्रस्ताव दिउँसो साढे ३ बजे दर्ता भएको खुल्न आएको थियो ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्तिमार्फत अविश्वासको प्रस्ताव सभामुखको तोक आदेश भएपछि १०ः३० बजे नभई सोहि दिन अपरान्ह ३ः३० बजे कार्यव्यवस्था शाखामा दर्ता भएको जानकारी दिएका छन् ।