काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ ।
मङ्गलबार प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज प्रतितोला ९०० ले घटेर ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकोमा आज भने प्रतितोला ९३ हजार ५०० मा कारोवार भइरहेको छ ।
यसैगरी चाँदी प्रतितोला ५० ले घटेको छ ।
मंगलबार प्रतितोला एक हजार ३१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २६५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया