प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन


काठमाण्डु – प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । संसद भवन नयाँ बानेश्वरमा जारी प्रचण्ड–नेपाल पक्षको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।