पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए, मृतकको संख्या १८ सय नाघ्यो

पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए, मृतकको संख्या १८ सय नाघ्यो


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ५२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४६ हजार ६ सय ६१ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १८ लाख ९० हजार ७ सय ४० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ३ जना पुगेका छन् ।