संसद विघटनविरुद्ध आन्दोलन चर्काउने कांग्रेसको निर्णय

संसद विघटनविरुद्ध आन्दोलन चर्काउने कांग्रेसको निर्णय


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको संसद विघटनकोविरुद्धमा देशव्यापी आन्दोलन गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् । उनकाअनुसार पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।

सरकारको असंवैधानिक कदम चालेको भन्दै कांग्रेसले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । बिहीबार बस्ने बैठकले उक्त निर्णय गर्ने नेतृ संग्रौलाले जानकारी दिइन् ।