काठमाण्डु – वि.सं.२०७७ साल पौष ०९ गते । बिहीबार । ई संवत् सन् २०२० डिसेम्बर २४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । यात्रासँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मायाप्रेममा अविश्वास बढ्नेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महशुष हुनेछ । विलाशी सामान प्राप्तिको योग भएपनि तपार्ईँ आफ्नै कारणले टरेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना तथा थाति रहेका कामहरु सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशङशा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदि बहिनीहरुको सहयोग पाइने हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछी सम्म आम्दानी भईरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने विदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछैन भने अल्छि गर्नाले अन्यकामहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।




प्रतिक्रिया