तराई तथा पहाडी भू-भागका केही स्थानमा हल्का हुस्सु र कुहिरो,यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

तराई तथा पहाडी भू-भागका केही स्थानमा हल्का हुस्सु र कुहिरो,यस्तो छ बिहीबारको मौसम पूर्वानुमान


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैस पूर्वानुमान गरेकाे छ । देशमा पश्चिमी वायुको  प्रभावका कारण पूर्व र मध्यका पहाडी क्षेत्रमा आंशिक बदली भई अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । अरु भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देश अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन मौसमविदले आग्रह गरेका छन्।

तराई तथा पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेछन् ।