काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहतिर लागेका छन् ।
यसअघि ओली समूहले रोखेको सांसद भेला तथा केन्द्रीय कमिटी बैठकमा सहभागी भएका उनी आज बस्ने प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका हुन् । सिन्धुपाल्चोकबाट सांसदमा निर्वाचित भएका तामाङ पूर्वमन्त्री पनि हुन् ।
उनकी पत्नी उषाकला राईले पनि ओली पक्षले केन्द्रीय सदस्यमा गरेको मनोनयन अस्वीकार गरेकी छन् । उनले सामाजिक सञ्जालकार्फत जनता भन्दा ठूलो पद र पैसा नभएको भन्दै आफूले पद अस्वीकार गरेको बताएकी हुन् ।
उनले अझैपनि आफु पार्टी एकताकै पक्षमा रहेको बताइन् ।




प्रतिक्रिया