काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति समिति बैठक आज बस्दैछ ।
ओली नेतृत्वको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक थापाथलीस्थित कार्की पार्टी प्यालेसमा बस्दैछ ।
ओली पक्षको बैठक दिउँसो १ बजे बस्नेछ भने प्रचण्ड–नेपाल पक्षको यसअघि ११ बजेका लागि तय भएको बैठक पनि १ बजेका लागि सारिएको छ ।
बैठकमा नेकपाका प्रचण्ड–नेपाल समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी गरेको छ । महासचिवको टुंगो लगाउन बसेको शीर्ष नेताहरूको बैठकले पाण्डेलाई महासचिव बनाउने निर्णय गरेको हो ।
शीर्ष नेताको यो निर्णयलाई आजै बबरमहलमा बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने नेकपा स्रोतले जनाएको छ ।
महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूको दाबी थियो ।




प्रतिक्रिया