संसद बैठक बोलाउन सभामुखलाई जसपाको आग्रह

संसद बैठक बोलाउन सभामुखलाई जसपाको आग्रह


काठमाण्डु – जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संसद जिवितै रहेको भन्दै संसद बोलाउन आग्रह गरेको छ ।

जसपाका नेताहरुले बिहिबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संबिधानले नदिएको अवस्थामा संसद जिवितै रहेको भन्दै संसदको बैठक बोलाउन आग्रह गरेका हुन् ।

जसपा युवा नेता विश्वदीप पाण्डेका अनुसार सभामुखसँगको भेटमा जसपाका नेताहरु पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्ण सहभागी थिए ।

जसपाले संसद विघटनको विरोधमा आक्रामक बन्दै देशभरी आन्दोलन समेत गरिरहेको छ ।