गृहमन्त्री थापा ओलीतिर लागेपछि सल्लाहकारले दिए राजीनामा

गृहमन्त्री थापा ओलीतिर लागेपछि सल्लाहकारले दिए राजीनामा


काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदीले राजीनामा दिएका छन् । सुवेदीले बिहीबार गृहमन्त्री थापाको राजनीतिक सल्लाहकारको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

यसअघि दुबै समूहमा नदेखिएका थापा आजको ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएलगत्तै थापाका राजनीतिक सल्लाहकार सुवेदीले आफू सचिवालय र राजनीतिक सल्लाहकारको भूमिकामा नरहेको जानकारी गराएका हुन् ।

राजीनामा दिँदै सुवेदीले भनेका छन, ‘गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु ।’