काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको जानकारी दिएका छन् ।
बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकपछि उनले राजीनामा दिएका मन्त्रीको ठाउंमा चांडै नयां मन्त्री नियुक्त हुने जानकारी दिए ।
‘ मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ। केन्द्रीय कमिटीको बैठक सकिए लगत्तै पहिलो काम मन्त्रिपरिषद् विस्तार नै हुनेछ।’ प्रवक्ता ज्ञवालीले भने ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए।




प्रतिक्रिया