शुक्रबारकाे मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बर्षाको सम्भावना

शुक्रबारकाे मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । तर तराई र पहाडका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।  दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यसैगरी राति प्रदेश १ मा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । यसैबिच चिसो रहिरहने तथा तराई र पहाडि भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।