प्रचण्ड–नेपाल समूह माइतीघरबाट लाग्यो निर्वाचन आयोगतिर

प्रचण्ड–नेपाल समूह माइतीघरबाट लाग्यो निर्वाचन आयोगतिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद विघटनविरूद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–नेपाल समूहको नेकपाले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ ।

शुक्रबार आज माइतीघरमा भइरहेको प्रदर्शनमा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसहितका नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन् । माइतीघरको प्रदर्शन सकेर उनीहरू अहिले निर्वाचन आयोगतिर लागेका छन् ।

उनीहरूले ‘हामी अरू जान्दैनौं, संसद विघटन मान्दैनौं’ को नारा लगाइरहेका छन् । प्रचण्ड–नेपाल आजै सर्वोच्च अदालतमा पनि जाने कार्यक्रम छ ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ ।

संसद विघटनको विरुद्धमा उभिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड पक्ष औपचारिक रुपमा सडक आन्दोलनमा उत्रिएको आज पहिलो दिन हो ।