काठमाण्डु – बागमती प्रदेश सरकारका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
प्रदेश तीन सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आज राजीनामा दिएका हुन् । मुख्यमन्त्रीकै कारण सरकार जनताप्रति जवाफदेशीविनि बन्दै गएको उनीहरुको निष्कर्ष छ ।
साथै बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो । सो प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका छन् ।





प्रतिक्रिया