काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुल प्रसाद बाँस्कोटाले सडक तताउनेलाई सडककै शुभकामना दिएका छन् ।
बाँस्कोटाले शुक्रबार संसद विघटनविरुद्ध आन्दोलन सुरु गरेको प्रचण्ड–नेपाल समूहलाई इन्कित गर्दै सडकमै बस्न शुभकामना दिएका हुन् ।
उनले ओली नेतृत्वको नेकपाका साथीहरु चै मिसन ‘Hundred 21′ मा लाग्न आग्रह समेत गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सडक तताउनेलाई सडककै शुभकामना ! ओली नेतृत्वको नेकपाका साथीहरु चै मिसन ‘hundred 21′ को तयारीमा विना अल्मल सामेल बनौं ।’




प्रतिक्रिया