काठमाण्डु – संसद विघटनविरूद्ध परेका रिटहरूको सुनुवाइ गर्न सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासको विषयमा वकिलहरूले प्रश्न उठाएका छन् ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठन नमिलेको इजलास गठनमा प्रश्न उठाएका हुन् । संसद विघटनविरूद्ध परेका रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफूसहित पाँच जनाको इजलास बनाएका थिए ।
त्रिपाठीले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलासलाई लिएर शंका नगर्न आग्रह गरेका छन् । अहिले ती रिटहरूमा सुनुवाइ भइरहको छ ।




प्रतिक्रिया