काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न आफुहरुले पाउनुपर्ने दावी गरेका छन् ।
शुक्रबार माइतीघरबाट जुलुससहित निर्वाचन आयोगमा पुगेका अध्यक्ष नेपालले नेकपाले ठूलो संघर्ष गरेर सूर्य चिन्ह प्रयोगमा ल्याएको भन्दै सूर्य चिन्ह र पार्टीको नाममा अरु कसैले दाबी गर्न नसक्ने बताएका हुन् ।
‘हामीले ठूलो संघर्ष गरेर सूर्य चिन्ह पाएका हौँ, यसमा अरु कसैले आँखा लगाउन पाउँदैन’, उनले भने, ‘हामीलाई विश्वास छ हामीले यो चिन्ह पाउँछौं । निर्वाचन आयोगले संविधान–नियम हेरेर विवेकशील ढंगले निर्णय लिनेछ भन्ने विश्वास छ ।’
सूर्य चिन्ह केपी शर्मा ओली समूहले दाबी गर्ने अवस्थामा नरहेको उनले बताए । ‘सूर्य चिन्हका लागि अहिले बराबरीको अवस्था पनि छैन । हामी बहुमतमा छौं, हामीले पाउँछौं’, उनले भने, ‘हामी आधिकारिक हौँ, यसमा अरु कसैले सन्देह नगरे हुन्छ । निर्वाचन आयोगले पनि विवेक पुर्याएर निर्णय लिनुपर्छ ।’
प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोग पुगेर नेकपा विभाजित भएपछि आफ्नो समूहको बैठकमा आएका भनिएका २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाएका थिए ।




प्रतिक्रिया