काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुर्नगठन गर्ने विषयमा निकट नेताहरुसंग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले आजै ६ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले आठ वटा मन्त्रालयमा नयां मन्त्री नियुक्त गर्ने सम्भावना छ । २५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजिनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् ।
प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल,गिरिराजमणी पोखरेल,योगेश भट्टराई,वर्षमान पुन,शक्ति बस्नेत,रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।
प्रधानमन्त्री ओलीले आफु निकट नेकपाका नेताहरुलाई मन्त्रीको जिम्मा दिन लागेका हुन् । पुर्व माओवादी पक्षबाट प्रधानमन्त्री ओलीलाई साथ दिएका टोपबहादुर रायामाझी मन्त्री हुने भन्ने टुंगो लागेको छ ।




प्रतिक्रिया