संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी कारण देखाउ आदेश जारी गरेको छ ।

संसद विघटनसम्बन्धी सर्वोच्चमा परेको रिटमाथि शुक्रबार आजदेखि सुरु भएको सुनुवाईका क्रममा संसद् विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति मगाउने, संसद्मा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने लगायत आवश्यक कागजात पेश गर्न आदेश दिएको हो ।

आदेशमा पुस १९ गतेभित्र सरकारले प्रतिनिधिसभा विघटन गर्नुको कारण लिखित रूपमा पेश गर्न भनिएको छ । अधिवक्ताहरुले भने आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग गरेका छन् ।

पुस ५ गते प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद सदर गरेपछि असंवैधानिक भन्दै दायर रिटमा संवैधानिक इजलाशमा सुनुवाई जारी छ ।