अन्य तिन दलसँग मिलेर रणनीतिक मोर्चा बनाउने विप्लवको घोषणा

अन्य तिन दलसँग मिलेर रणनीतिक मोर्चा बनाउने विप्लवको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार चार पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै विप्लव नेकपाले वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी ओली सरकारले संसद् विघटन गरेको आरोप लगाउँदै अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको जानकारी दिएको छ ।

विप्लव समूहले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।