संसद फेस गर्न नसकेर प्रधानमन्त्री ओली कायरझै भागेः गगन थापा

संसद फेस गर्न नसकेर प्रधानमन्त्री ओली कायरझै भागेः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – नेपाली कांग्रेसका नेता गगन थापाले संसदमा अविश्वासको प्रस्ताव फेस गर्न नसकेर प्रधानमन्त्रीले प्रतिनिधि सभा नै भंग गरेको आरोप लगाएका छन् ।

मंगलबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले संसदको सामना गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथी जालझेल गरेर संसद विघटन गरेको अरोप लगाएका हुन् ।

‘जो संसदको सामना गर्न नसकेर कायरजस्तो भागेको छ, ऊ सडकमा क्रान्तिकारीजस्तो देखिएको छ,’ उनले प्रश्न गर्दै भने, ‘संसद फेस गर्न नसक्ने ? अविश्वास फेस गर्न नसक्ने ? किन राजीनामा दिन आवश्यक ठानिएन ?।’

प्रतिनिधि सभा भंग हुनु असंवैधानिक भएको भन्दै यस विषयमा अदालतले न्याय दिनुपर्ने थापाको भनाइ छ । ‘अदालतको चार किल्लाभित्र न्याय र विवेकको हत्या नहोस्,’ उनले भने, ‘संविधानमा लेखेको कुरा मात्रै अदालतले हेरे पुग्छ ।’