काठमाण्डु – सत्तारूढ दल नेकपा (प्रचण्ड–नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार रहेको बताएका छन् ।
राजधानीमा मंगलबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताएका हुन् ।
‘संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार छन् । सरकारको असंवैधानिक कदमलाई असफल पार्न अब एकताबद्ध भएर जान जाऔँ । प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहन्छ,’ उनले भने ।
उनले प्रधानमन्त्रीको यो कदम नसच्चिएसम्म सडक आन्दोलन नछाड्ने चेतावनी समेत दिए ।




प्रतिक्रिया